१८ असार २०८३, बिहीबार

अमेरिकाले अलास्काबाट दुई रुसी विमान लखेट्यो

बैशाख ३१, २०७५
अमेरिकाले अलास्काबाट दुई रुसी विमान लखेट्यो

काठमाडौं, ३१ वैशाख – अमेरिकाका दुई जेट विमानहरूले अलास्का तटमा रुसका वमवर्षक विमानलाई चिनेका छन् । रुसका टीयू–९५ बीयर बमर्स अलास्काको पश्चिमी तटमा एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा उडिरहेको पाइयो ।

यो जानकारी उत्तर अमेरिकी एयरोस्पेस डिफेन्स कमान्डका प्रवक्ताले दिएका हुन् । 

एक टीभी च्यानललाई दिएको बयानमा प्रवक्ताले बताए, ‘अलास्काका नोराड एफ–२२ लडाकू विमानहरूले रुसका वमवर्षक विमानलाई देखेर चिने । विमानहरूले रुसको विमानलाई पछ्याए र त्यस क्षेत्रबाट भगाए । ती विमान फर्केर डिफेन्स एसियामा आएनन् ।’

रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै आरआईए समाचार संस्थाले अन्तर्राष्ट्रिय एयरस्पेसमा रुसका विमानहरूलाई दुईवटा एफ–२२ विमानहरूले पछ्याएको लेख्यो । रुसी सेनाको बयानमा अमेरिकी विमान रुसी विमानभन्दा सय मिटर टाढा नै रहेको बताइयो ।

अहिले अमेरिका र रुसबीचको सम्बन्धमा तिक्तता रहेको छ । ट्रम्प स्वयंले रुससँगको सम्बन्धमा खराब युग आएको बताएका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्