२३ जेठ २०८३, शनिबार

भारतीय सुरक्षा कमाण्डोलाई नेपालमा बोलाइएकोमा संसदमा माओवादीको आपत्ति

बैशाख ३१, २०७५
भारतीय सुरक्षा कमाण्डोलाई नेपालमा बोलाइएकोमा संसदमा माओवादीको आपत्ति

काठमाडौं ३१ वैशाख– प्रमुख सत्तासाझेदार नेकपा माओवादी केन्द्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षा कमाण्डोलाई बोलाइएको भन्दै आपत्ति जनाएको छ । 

प्रतिनिधि सभाको सोमवार बसेको बैठकमा माओवादी प्रवक्तासमेत रहेकी सांसद पम्फा भुसालले मोदीको भ्रमणका क्रममा भारतीय सुरक्षाकर्मीलाई अनावस्यक प्रवेश दिइएको भन्दै विरोध जनाएकी हुन् । 

‘भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणको तिथि र मिति जुन ढंगले भारतीय मिडियाले घोषणा गर्ने गरेको देखियो । यो कुटनीतिक पहलकदमीको कमजोरी भयो ?’ भुसालले संसदमा भनिन्, ‘मोदीको भ्रमणको सुरक्षाबारे प्रश्न उठाइएको छ । छिमेकी देशका राष्ट्र र सरकार प्रमुखलाई  सुरक्षा दिन सक्छौ ।’ 

भुसालले चीनका प्रधानमन्त्री आउँदा सुरक्षा दिएको भन्दै भारतीय प्रधानमन्त्रीलाई सुरक्षा दिन नसकिने भन्ने नभएको बताइन् । ‘अहिले जुन ढंगले सुरक्षाक कमाण्डो ल्याउने काम भयो त्यसप्रति जनताको असन्तुष्टि छ । नेपालमा आउने पाहुनालाई सुरक्षा दिन सक्दैनौ भने किन बोलाउने ?’ भुसालले प्रश्न गरिन् ।

उनले मोदीको भ्रमणमा राष्ट्रका जल्दाबल्दा समस्या समाधान नभएको बताइन् ।

‘सीमा समस्या ठूलो समस्या छ । सीमा समस्या हल गर्ने कुरा आएन । विराटनगरमा भारतले राखेको अनाकिधृत कार्यालय हटाउने कुरा आएन’ उनले भनिन्, ‘अरुण तेस्रोका सिलान्यान, प्राकृति स्रोतको लेनदेन गर्दा प्रतिनिधि सभाको दुई तिहाइले पारित गर्ने प्रावधान कता पुगेको छ ?’ 

भुसालले विदेशीसामु आन्तरिक समस्याको बिसुन सुकाउने कुरा स्वीकार्य नहुने बताइन् । नागरिक अभिनन्दनका बेलाका अभिव्यक्तिलाई जनताले राम्रो नमानेको उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्