
काठमाडौं, ३१ वैशाख – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उन १२ जुनमा सिंगापुरमा भेट्दैछन् । किमलाई आफ्नो ठूलो जत्थासँग सिंगापुर पुग्न मुश्किल पर्ने दाबी गरिएको छ ।
संसाधनको कमीले उनलाई समस्या पर्ने भनिँदैछ । किम मार्चमा ट्रेन चढेर चीन गएका थिए भने दोस्रो चीन यात्रा उनले विमानबाट गरेका थिए । तर उत्तर कोरियासँग किमको यात्राका लागि प्रयोग गरिने विमान उच्च प्रविधियुक्त छैन ।
अनि आर्थिक प्रतिबन्धको सामना गरिरहेको उत्तरसँग जेट फ्युलको कमी पनि हुनसक्छ ।
यस्तोमा किमको यात्राका लागि अतिरिक्त इन्धन व्यवस्था गर्नुपर्ने हुन्छ । किमका दुई विमानलाई सिंगापुर पुग्नका लागि ५० मेट्रिक टन तेल आवश्यक हुन्छ । चीनले आधिकारिक रूपमा अन्तिमपटक मार्चमा तीन टन तेल उत्तर
कोरियातर्फ निर्यात गरेको थियो ।
एजेन्सी