२५ जेठ २०८३, सोमबार

एमालेका प्रदेश सांसदलाई मस्तिष्कघात, प्रधानमन्त्रीले भेटे

बैशाख ३१, २०७५
एमालेका प्रदेश सांसदलाई मस्तिष्कघात, प्रधानमन्त्रीले भेटे

भक्तपुर, ३१ वैशाख- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार गराइरहेका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रधानमन्त्री ओलीले चिकित्सकहरूसँग समेत उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिए ।

प्रधानमन्त्री ओलीले लामिछानेका परिवारसँग समेत भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरे । लामिछाने भक्तपुर क्षेत्र नं १ (ख)बाट नेकपा (एमाले)का तर्फबाट विजयी भएका थिए । हाल उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्