१८ असार २०८३, बिहीबार

लालबाबु पण्डितले मागे जनकपुरमा नेपाली झण्डाको स्वरुप विगार्ने सरकारी कर्मचारीसँग स्पष्टिकरण

बैशाख ३१, २०७५
लालबाबु पण्डितले मागे जनकपुरमा नेपाली झण्डाको स्वरुप विगार्ने सरकारी कर्मचारीसँग स्पष्टिकरण

काठमाडौं, ३१ वैशाख– प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा जानकी मन्दिरमा राखिएको नेपालको झण्डाको स्वरुप विगारेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टिकरण माग गरेको छ । 

संघीय मामिला मन्त्री लालबाबु पण्डितले राष्ट्रि झण्डाको स्वरुप विग्रनु गम्भीर गल्ती भएको भन्दै प्रदेश दुईका अधिकारीहरुसँग स्पष्टिकरण माग गरेका हुन् । प्रदेश दुईका मुख्यसचिवसहितका अधिकारीहरुलाई स्पष्टिकरण माग गरिएको हो । 

मन्त्री पण्डितका स्वकीय सचिव वसिम आलका अनुसार नेपाली झण्डाको स्वरुप र आकार किन फरक प¥यो भनेर चार सरकारी निकायका अधिकारीहरुलाई तीन दिने स्पष्टिकरण माग गरिएको छ । 

मन्त्रालयले २ नम्बर प्रदेशका निमित्त मुख्यसचिव हरि फुयाँल, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव देवीराम भण्डारी, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत मदन भण्डारीलाई सोमबारको मन्त्री स्तरीय निर्णयबाट स्पष्टिकरण सोधिएको हो । 

मन्त्रालयले उनीहरुलाई जानकी मन्दिरमा नेपालको राष्ट्रिय झण्डा, नेपालको संविधान २०७२ को अनुसूची–१ मा उल्लेख भएअनुसार आकार र रुपमा नभई फरक आकार र रुपमा देखिन आएको र निर्धारित स्वरुपभन्दा फरक आकार भएको झण्डा बनाउन किन दिइयो भनेर सोधेको छ।

यस अघि सोमबार(आज) बसेको संघीय संसद बैठकमा सांसदहरुले जनकपुरमा नेपाली झण्डाको स्वरुप विगारेको भन्दै आपत्ति जनाएका थिए । सामाजिक सञ्जालहरुमा पनि नेपालको झण्डा विगारेको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको छ । 

कमेन्ट गर्नुहोस्