
काठमाडौं, ३१ वैशाख– नेकपा एमालेका सांसद महेश बस्नेतले कृषिको औद्योगीकरण गर्ने कुरा बजेटका सिद्धान्त र प्राथमिकतामा नआएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसद बस्नेतले जौको कुँडो बनाएर गाई वस्तुलाई खुवाउने र हर्लिक्स किनेर खाने कुराको अन्त्य हुनुपर्ने बताएका हुन् ।
‘अहिले पनि हामी गहुँ र मकैको ढिँडो नखाएर बेकरी र कर्नप्लेक्स खाइरहेका छौँ, जौको कुँडो बनाएर गाई वस्तुलाई खुवाएर हर्लिक्स किनेर खाइरहेका छौं, सुन्तला बेचेर फेन्टा खाइरहेका छौँ, आप बेचेर फ्रुटी खाइरहेका छौँ, यो कुराको अन्त्य हुनु पर्छ,’ बस्नेतले भने ।
उनले काठमाडौं–तराई फास्ट ट्र्याक सेनाले बनाउने हो कि होइन भनेर संसदमा प्रश्न समेत गरे ।