०१ असार २०८३, सोमबार

आज एकैपटक ४० आरोही सगरमाथाको शिखरमा, दुवै खुट्टा नभएका चिनियाँ आरोही पनि  शिखरमा

बैशाख ३१, २०७५
आज एकैपटक ४० आरोही सगरमाथाको शिखरमा, दुवै खुट्टा नभएका चिनियाँ आरोही पनि  शिखरमा

काठमाडौँ, ३१ वैशाख - आज एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । 

यस वर्षको आरोहण शुरु भएको आज दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् । 

सगरमाथा आधार शिविरमा रहेका  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी नागरिकले आरोहण सम्पन्न गरेका छन् । 

“हामीलाई प्राप्त जानकारीअनुसार ४० आरोहीले सर्वोच्च शिखरको आरोहण गरेको पुष्टि भएको छ, थप केही आरोही पनि शिखरमा पुगेको सूचना आए पनि पुष्टि भइसकेको छैन”, सम्पर्क अधिकृत श्रेष्ठले भने  । 

अनुकूल मौसमको पर्खाइमा क्याम्प चारमा मात्रै १५० आरोही रहेका छन् । त्यस्तै केही आरोही भने सगरमाथा आधार शिविरमा नै रहेका छन् । 


सम्पर्क अधिकृत श्रेष्ठका अनुसार दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ नागरिक सिए बोयोले आज बिहान सगरमाथाको शिखरमा पाइला टेकेका छन्   । 

इमाजिन टे«क्स एण्ड एस्पिडिसन प्रालिकातर्फबाट आरोहण गरेका  चिनियाँ नागरिक विगत ४० वर्षदेखि सगरमाथाको आरोहण गर्ने प्रयासमा थिए  । उउनीसँगै सात चिनियाँ आरोहीले आजै सफल आरोहण गरेका हुन्  । 

salt training

कमेन्ट गर्नुहोस्