२६ जेठ २०८३, मंगलबार

साढे ३३ किलो सुन काण्डः थप दुई पक्राउ

बैशाख ३१, २०७५
साढे ३३ किलो सुन काण्डः थप दुई पक्राउ

विराटनगर, ३१ वैशाख- साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा थप दुई जनालाई प्रहरीले पक्राउ गरी आज मुद्दा चलाएको छ । 

मनी सटही काउण्टर चलाएर सुन तस्करीमा नगद कारोवार गरी सहयोग गर्ने झापा, दमक –९ का विनोद अधिकारी र दोलखाका मोतीराम श्रेष्ठलाई संगठित अपराध र अवैध सुन चोरी निकासी पैठारी मुद्दा लगाइएको छ । 
मोरङ जिल्ला अदालत मोरङले अभियुक्त दुवैलाई पाँच दिन म्याद थप गरेको सरकारी वकिल पुण्यप्रसाद पाठकले जानकारी दिए  । जिल्ला प्रहरी कार्यालयले सो सुन काण्ड र हत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत ६३ जनाविरुद्ध अभियोगपत्र दर्ता गराएकामा ३० जना पक्राउ परेका छन् भने ३३ जना अझै फरार छन् । 

सुन काण्डमा प्रतिवादीका तर्फबाट आइतबारदेखि थुनछेक बहस शुरु भएकामा अहिलेसम्म १६ कानून व्यवसायीले बहस सम्पन्न गरेका छन् । पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, राजु बस्नेत, यदुनाथ खनाल र अधिवक्ता उद्धव केसीले प्रतिवादीका पक्षबाट आइतबार बहस गरे  भने आज वरिष्ठ अधिवक्ता माधवराज आचार्य, राजेन्द्र भट्टराई, सुरेशलाल श्रेष्ठ, योगेन्द्र न्यौपाने तथा अधिवक्ता दीपक बस्नेत, रमिला महर्जनलगायत ११ जनाले थुनछेक बहस गरेका छन्  । 

salt training

कमेन्ट गर्नुहोस्