१२ असार २०८३, शुक्रबार

कहाँ अलमलियो पार्टी एकता ? प्रचण्डको  व्यवहार फेरियो

जेठ १, २०७५
कहाँ अलमलियो पार्टी एकता ? प्रचण्डको  व्यवहार फेरियो

काठमाडौँ- मजदुर दिवसका दिन राष्ट्रिय सभागृहमा देखिएको माओवादी लडाकुहरुको वितण्डा र पछिल्लो समय चर्चामा आएको प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीट प्रकरणपछि पार्टी एकताको कुरा भन्दा पनि माअ‍ोवादी नेताहरुको असन्तुष्टिले समाचार माध्यममहरुमा प्राथमिकता पाउन थालेको छ । 

केही समययता विकसित घटनाक्रमपछि नेकपा एमाले र माओवादीबीचको पार्टी एकताको अनपेक्षित मोड लिएको छ । 

खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेरिएको व्यवहारका कारण एकता प्रक्रिया अन्योलमा परेको छ ।
आजको दृष्टि साप्ताहिकमा लेखिएको छ - प्रचण्डले  एकतातिर एकता मिति चाडै  घोषणा
हुन्छ भन्ने र अर्कोतिर बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतलाई पार्टी एकताको लागि आह्रवान गरेका छन् । 

यहाँनिर अर्को उल्लेख्य पक्ष के छ भने आफ्नो स्वार्थमा उपेन्द्र यादवलाई प्रयोग गर्न र दायवलाई  ओलितिर ढल्किन नदिन विदेशी शक्तिको ईशारामा उनले यो खेल खेल्दै छन् ।

salt training

कमेन्ट गर्नुहोस्