
काठमाडौं, २ जेठ– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रियामा बिलम्बसँगै दुबै पार्टी संगठनका नेता फुर्सदिला बनेको खबर आजको राजधानी दैनिकले छापेको छ ।
दुई पार्टीबीच एकता प्रक्रिया चलिरहेको र आआफ्ना संगठनको गतिविधि गर्दा एकतामा असर पर्ने भन्दै काम रोकिँदा दुबै पार्टीका नेता फुर्सदिला बनेको समाचारमा उल्लेख छ।