
काठमाडौं, २ जेठ – सलमान खानको बहुप्रतीक्षित चलचित्र रेस ३ को ट्रेलर मंगलवार सार्वजनिक भएको छ । लगभग साढे तीन मिनेटको ट्रेलर सलमानको धाँसु डाइलगबाट शुरु हुन्छ ।
सलमान भन्छन्, ‘यो जिन्दगीको रेस हो ... कसैको जिन्दगी लिएर नै सकिन्छ ।’ त्यसपछि सलमान भुटुटुटु गोली चलाइरहेका देखिन्छन् ।
ट्रेलरमा बबाल एक्सन सीन छन् अनि बीचबीचमा ग्ल्यामर पनि छ ।
ट्रेलर अघि बढ्दै जाँदा फिल्मका अन्य पात्रको प्रवेश हुन थाल्छ । प्रत्येक पात्रले कुनै डाइलग बोलेरै प्रवेश गर्छन् जसबाट उनीहरूको उद्देश्य थाहा हुन्छ ।
फिल्म रेमो डिसूजाले बनाएका हुन् । यसअघि रेमोले एबीसीडी र एबीसीडी २ फिल्म बनाइसकेका छन् ।
फिल्म ईदको अवसरमा १५ जुनमा रिलिज हुनेछ ।
एजेन्सी