
काठमाडौं, २ जेठ– नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबीचको वानटु वान वार्ता सकिएको छ ।
पार्टी एकतामा गतिरोध आएको समाचारहरु सार्वजनिक भइरहँदा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ ।
बैठकमा बिहीवार एकता संयोजना समितिको बैठक राख्ने सहमति भएको एमाले उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।
एसअघि मंगलबार माओवादीका अध्यक्ष प्रचण्डले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका थिए । नेता नेपालले नमिलेका विषय एकता संयोजन समितिको बैठकमा राख्न प्रचण्डलाई आग्रह गरेका थिए ।
एमाले र माओवादीबीच जेठ ६ गते पार्टी एकता गर्ने तयारी भइरहेको समाचारहरु सार्वजनिक भएको छ तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन ।