२७ असार २०८३, शनिबार

एकता संयोजन समितिको बैठक अघि एमाले माओवादीका नेताले बालुवाटारमा रुख रोपे

एकता संयोजन समितिको बैठक अघि एमाले माओवादीका नेताले बालुवाटारमा रुख रोपे

काठमाडौं, ३ जेठ– एमाले–माओवादी एकता संयोजन समितिको बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा शुरु भएको हो । 

बैठक शुरु हुनुअघि एमाले र माओवादीका शीर्ष नेताहरूले वृक्षा रोपण गरेका छन् । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा वृक्षा रोपण गरेर पानी हालेका छन् । 

दुई अध्यक्षबीच बुधबार भएको छलफलपछि बिहीबार एकता संयोजन समितिको बैठक बस्ने सहमति अनुसार बैठक बस्न लागेको हो । संयोजन समितिको बैठकले दुई अध्यक्षबीच सहमति भइसकेको एकतासम्बन्धी राजनीतिक र सांगठनिक प्रतिवेदनलाई संयोजन समितिले अनुमोदन गर्ने छ । त्यस्तै दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको निर्णय लिने बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्