१६ असार २०८३, मंगलबार

मेडिकल डिग्रीलाई मान्यता दिन भारत सकारात्मक

मेडिकल डिग्रीलाई मान्यता दिन भारत सकारात्मक

काठमाडौं, ४ जेठ– भारत सरकार नेपालका विश्वविद्यालय तथा स्वास्थ्य प्रतिष्ठानले दिएको उपाधि र नेपाल मेडिकल काउन्सिलले दिएको लाइसेन्सलाई मान्यता दिन सकारात्मक देखिएको छ ।

भारतको मेडिकल काउन्सिलको नियममा परस्परमा मान्यता दिन सकिने उल्लेख भएपनि अहिल महाराजगन्ज मेडिकल क्याम्पस, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका केही विषयलाई मात्रै मान्यता दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका वेला काउन्सिलले उक्त विषय उठाएपछि भारत सकारात्मक देखिएको हो ।

भारतमा उपाधि पाएका चिकित्सकलाई नेपालले मान्यता दिएको छ भने नेपालमा उपाधि हासिल गरेका चिकित्सकलाई भारतको मेडिकल काउन्सिलले मान्यता  दिएको छैन । नेपाल मेडिकल काउन्सिलले भने दुवै पक्षलाई सहज हुने बाटो खोल्नुपर्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्