
काठमाडौं, ४ जेठ–नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीका सबै सदस्यको नाम आज सार्वजनिक गरिने भएको छ ।
नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको छ । हिजो नै सबै सदस्यलाई सपथ खुवाएको पार्टीले आज नाम सार्वजनिक गर्न लागेको हो ।
नवगठित पार्टीमा विगठित एमालेका २ सय ४१ र माओवादी केन्द्रका २ सय गरि ४ सय ४१ केन्द्रीय सदस्य छन् । सदस्यहरूको वरियताक्रम मिलाउन बाँकी रहेको भन्दै हिजो नाम सार्वजनिक गरिएको थिएन ।
केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् बढीमा १४५ सदस्यीय पोलिटब्युरो बन्नेछ । अब नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय कार्यालय तत्कालका लागि धुम्बाराहीमा रहने र जनसङ्गठन तथा जनसम्पर्कका कामहरु भने पेरिसडाँडाबाट हुने जनाएको छ ।