२५ जेठ २०८३, सोमबार

दुई ठूला कम्युनिस्टको एकताले लोकतन्त्रलाई अझ बलियो बनाउँछ : कांग्रेस प्रवक्ता

दुई ठूला कम्युनिस्टको एकताले लोकतन्त्रलाई अझ बलियो बनाउँछ : कांग्रेस प्रवक्ता

नेपालगन्ज, ४ जेठ- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन, बाँकेले आज बिहान यहाँ अयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले भन्नुभयो, “रचनात्मक तथा सिर्जनात्मक भूमिका प्रतिपक्ष दलले खेल्नुपर्छ, ढुंगामुढा गर्ने, हडताल गर्ने यो असल प्रतिपक्षको गुण होइन, नेपाली कांग्रेस असल प्रतिपक्ष हो ।” 

वर्तमान सरकारको सय दिन पुगेपछि कामको समीक्षा नेपाली कांग्रेसले गर्ने बताउँदै उहाँले कमजोर र गलत पक्षमा खबरदारी तथा सही कामको समर्थनमा आप्mनो दलले एक इन्च पनि कन्ज्युस्याँई गर्दैन भन्नुभयो । 

उहाँले दुई ठूला कम्युनिष्ट पार्टीको एकताले लोकतन्त्रलाई अझ बलियो बनाउने भएकाले आप्mनो दलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक हुनुलाई त्यही कडीका रुपमा लिएको छ भन्नुभयो । 

प्रवक्ता शर्माको थप भनाइ थियो, “एकपटक निर्वाचन हार्दैमा नेपाली कांग्रेस कमजोर भयो भनेर विश्लेषण गर्नु गलत हो, अब हारको समीक्षा गरेर संगठन निर्माणमा कांग्रेस परिचालन हुन्छ ।” 

salt training

कमेन्ट गर्नुहोस्