०६ असार २०८३, शनिबार

अमेरिकामा एक घरमा बच्चाहरूमाथि चरम यातना, बुवाआमाविरुद्ध मुद्दा दर्ता

अमेरिकामा एक घरमा बच्चाहरूमाथि चरम यातना, बुवाआमाविरुद्ध मुद्दा दर्ता

काठमाडौं, ४ जेठ – अमेरिकामा एउटा आश्चर्यजनक घटना सार्वजनिक भएको छ । क्यालिफोर्नियाको एक घरमा १० बच्चाहरू एकदमै खराब हालतमा पाइए । 

बच्चाहरूका आमाबुवाले उनीहरूले शरीरमा तातोपानी हाल्ने, वाणले हान्ने र मुखमा पानी हालेर यातना दिने गरेको पाइयो । 

बच्चाहरूकी आमा इना रोजर्सलाई हिरासतमा लिइएको छ । उनीमाथि चार लाख ९५ हजार डलरको जमानत बुझाउन लगाइएको थियो । 

सरकारी वकिलहरूका अनुसार, बच्चाहरूलाई लगातार डरलाग्दो यातना दिने गरिएको थियो । उनीहरूलाई मुक्का हानिन्थ्यो, गला दबाइन्थ्यो, शरीरमा दाँतले टोकिन्थ्यो, वाण र एयरगनले हानिन्थ्यो, लट्ठीले पिटिन्थ्यो, मुखमा बारम्बार पानी भरिन्थ्यो र शरीरमा तातो पानी खन्याइन्थ्यो । 

यसले गर्दा बच्चाहरूको शरीरमा फरक फरक किसिमका घाउ छन् । केहीको हात पनि भाँचिएको थियो । रोजर्सको १२ वर्षीय छोरो हराएपछि प्रहरीले अनुसन्धान गरेको थियो र त्यसक्रममा यी कुराहरूको खुलासा भयो । पछि केटो पनि भेटियो । 

रोजर्स र उसको पति जोनाथन एलनलाई स्यान फ्रान्सिस्कोनजिक फेयरफील्डमा पक्राउ गरिएको थियो । दुवैमाथि बच्चाहरूलाई यातना दिइएको लगायत १५ वटा मुद्दा दर्ता गरिएको छ । 

अधिकारीहरू घरमा पस्दा नौ बच्चा एकै कोठामा बसिरहेको पाए । घर एकदम फोहरी थियो । चारैतर्फ कपडा, मैला र दिसापिसाब छरिएको थियो । 

बच्चाहरूको उमेर चारदेखि १२ वर्षको बीचमा छ । सरकारले उनीहरूलाई संरक्षणमा लिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्