१४ असार २०८३, आइतबार

पाकिस्तानको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति स्वदेश फिर्ता

पाकिस्तानको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति स्वदेश फिर्ता

काठमाडौं, ४ जेठ- पाकिस्तानको ५ दिने औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षेत्री स्वदेश फर्किका छन् । पाकिस्तान आर्म फोर्सको निमन्त्रणमा पाकिस्तान गएका क्षेत्री बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । 

भ्रमणका क्रममा प्रधानसेनापति क्षेत्रीले मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासी, रक्षामन्त्री खुर्रम दस्तगीर खान, चेयरम्यान जोइन्ट चिफ्स अफ स्टाफ कमिटी जनरल हायात र चिफ अफ आर्मी स्टाफ जनरल कमार जावेद बजवासँग भेट गरेका थिए ।


सोहि क्रममा क्षेत्रीले पाकिस्तानको डिफेन्स एक्सपोर्ट प्रमोसन अर्गनाइजेसन डिइपिओ, बलूचिस्तान प्रान्तस्थित ग्वादर पोर्ट र अन्य महत्वपूर्ण स्थानहरुको समेत अवलोकन समेत गरे ।  क्षेत्री गत वैशाख ३१ पाकिस्तानतर्फ प्रस्थान गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्