३१ जेठ २०८३, आइतबार

पाँच डिआइजीको सरूवा, को कहाँ ?

पाँच डिआइजीको सरूवा, को कहाँ ?

काठमाडौं, ५ जेठ– सरकारले पाँचजना डिआईजीको सरूवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्णय अनुसार पाँच डिआइजीको सरूवा भएको हो । 

सरूवा हुनेमा पुष्कर कार्की, छबिलाल जोशी, मनोज न्यौपान, ज्ञानबिक्रम शाह र धिरू बस्नेत रहेका छन् । पुष्कर कार्कीलाई अपराध अनुसन्धान ब्युरोबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरूवा गरिएको छ । 

त्यसैगरी छबिलाल जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरूवा भएका छन् । महानिरीक्षकको सचिवालयमा रहेका मनोज न्यौपानेलाई महानगरिय प्रहरी कार्यालय रानीपोखरी सरूवा गरेको छ ।

प्रदेश प्रहरी कार्यालय प्रदेश १ का ज्ञानबिक्रम शाहको प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागमा सरूवा भएको छ । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका डिआईजी धिरू बस्नेतलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग सरूवा गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्