०१ असार २०८३, सोमबार

नायिका निशा अधिकारी बनिन् आमा, जसले यस्तो बेलामा ‘सेलिब्रेट’ गर्थिन्

नायिका निशा अधिकारी बनिन् आमा, जसले यस्तो बेलामा ‘सेलिब्रेट’ गर्थिन्

काठमाडौं– नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरलाई पुत्रलाभ भएको छ ।

अमेरिकामा बस्दै आएकी निशाले बिहिबार छोलाई जन्म दिएकी हुन् सामाजिक सञ्जाल फेसबुकमार्फत निशाले छोराको जन्म भएको भन्दै खुसी साटेकी छिन् ।

करीब ५ वर्षपछिको प्रेम सम्बन्धपछि अधिकारी र भेष्वाकरले गत असालमा बिबाह गरेका थिए ।

जसले गर्भवती हुँदा सेलिब्रेट गरिन्

भेषवाकरसँग विवाह गरेकी निशाले पेटमा हुर्किरहेको बच्चाका विषयमा सामाजिक सञ्जालमा विभिन्न भाव प्रस्तुत गरिरहेकी हुन्थिन् ।

सामान्यतया नेपाली सेलिब्रेटीहरु आफू आमा बन्न लागेका विषय सार्वजनिक गर्न हिचकिचाउँछन् । तर निशाले सुरुदेखि नै आफ्नो गर्भावस्थालार्इ सेलिब्रेट गरिरहेकी थिइन् ।

निशाले गत जनवरी १ मा आफू आमा बन्न लागेको कुरा इन्स्टाग्राबाट सार्वजनिक नै गरेकी थिइन्। त्यसपछि भने उनले सन्तानको माया, ममता र स्नेहका प्रतीक र त्यसैको पर्खाइमा रहेका दिनचर्याका तस्बिरहरु पनि एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेकी थिइन् ।

यसै क्रममा निशाले सोमबार इन्स्टाग्राममा अर्को एक नयाँ तस्बिर सार्बजनिक गरेकी छन् । निशाले आफ्नो पेटमा हुर्कंदै गरेको बच्चाको धड्कनसँग रमाइरहेको उल्लेख गर्दै गर्भावस्थाको तस्विर सार्वजनिक गरेकी हुन्।

salt training

कमेन्ट गर्नुहोस्