
काठमाडौं, ५ जेठ– भारतको कर्नाटक राज्यमा मुख्यमन्त्री बीएस येदियुरप्पाले संसदमा बहुमत जुटाउन नसक्दा राजिनामा दिएका छन् ।
येदियुरप्पाले बहुमत परीक्षण भन्दा पहिला नै राजीनामा दिएका हुन् । उनी साढे दुई दिनमात्र मुख्यमन्त्री बन्न पाए । येदियुरप्पाले आज विश्वासको मत पाउनु लिनुभन्दा पहिला विधानसभामा संबोधान गर्दै भने,‘म फिर्ता जानेछु, १५० भन्दा धेरै सीटमा लितेर आउनेछु ।’ उनले बीजेपीसँग बहुमत नभएका कारण आफूले राजीनामा राज्यपाललाई बुझाउन गइरहेको बताएका थिए ।
बीजेपीका लागि सदनमा ११२ विधायक जुटाउने चुनौती थियो ।
कर्नाटकको विधानसभामा २२२ सिटका लागि चुनाव भएको थियो । बहुमतका लागि ११२ सीट आवश्यक थियो । बीजेपीले १०४, कांग्रेसले ७८ र जेडिएसले ३७ र अन्यले ३ सीटमा जित हात पारेका थिए ।
भाजपाका मुख्यमन्त्री येदियुरप्पालाई बहुमत पु¥याउन ८ अतिरिक्त विधायकको आवश्यकता थियो तर उनले पु¥याउन सकेनन् । जसका कारण साढे दुई दिनमा मुख्यमन्त्रीबाट उनले राजीनामा दिनु परेको थियो ।
कांग्रेस र जेडीएसका सांसदलाई आफ्नो पक्षमा पार्न भाजपाले प्रयास गरेको कांग्रेसका नेताहरुले आरोप लगाएका छन् । जसका कारण कांग्रेस र जेडीएसका सांसदहरुलाई दुई दिन देखि आफ्नो आफ्नो नियन्त्रणमा नियन्त्रणमा राखेको थियो र भाजपासँगको समपर्क हुन दिइएको थिएन ।