२५ जेठ २०८३, सोमबार

अनुष्का शर्माले फिल्मबाट कमाइन् १३५० करोड

अनुष्का शर्माले फिल्मबाट कमाइन् १३५० करोड

काठमाडौं – अनुष्का शर्मा बलिउडकी उम्दा अभिनेत्री हुन् । उनले शाहरुख खानका साथ रब ने बना दी जोडीबाट फिल्मी करीयर शुरू गरेकी हुन् । दश वर्षअघि आएको उक्त फिल्ममा नै छाप छोड्न सफल अनुष्काले पछि फर्केर हेर्नुपरेको छैन ।

दश वर्षमा उनले १६ वटा फिल्ममा काम गरिसकेकी छन् । उनले अभिनयका अलावा दुईतीनवटा फिल्म निर्माण पनि गरेकी छन् । 

उनका दुईवटा फिल्महरू ब्लकबस्टर हिट भए, नौवटा हिट भएर अनि पाँचवटा चाहिँ फ्लप भए । उनले खेलेको फिल्म पीकेले भारतीय बक्स अफिसमा ३४०.८० करोड भारु कमायो । 

त्यसपछि धेरै कमाउने फिल्म रह्यो सुल्तान । त्यसले ३००.४५ भारु कमायो । जब तक है जानले १२०.८५ भारु कमायो भने ऐ दिल है मुश्किलले ११२.४८ भारु जोड्यो ।

अहिलेसम्म उनले खेलेका फिल्महरूले कुल १३५० करोड भारु कमाइसकेका छन् । भन्नाको अर्थ उनका फिल्मले औसतमा १०० करोड भारु कमाएको देखिन्छ । 

अनुष्काको सञ्जु, सुई धागा : मेड इन इन्डिया र जीरो जस्ता फिल्महरू आउँदैछन् । ती फिल्महरूले उनलाई बक्स अफिसमा राज गर्न मद्दत गर्नेछन् भन्ने आशा गर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्