२२ जेठ २०८३, शुक्रबार

विराटनगरको गणपति कटन उद्योगको रेखदेख गर्ने थापामाथि दुर्व्यवहार

विराटनगरको गणपति कटन उद्योगको रेखदेख गर्ने थापामाथि दुर्व्यवहार


विराटनगर, ५ जेठ–विराटनगर १६ रानी मिल्स् एरिया बर्माटोलमा रहेको गणपति कटन उद्योगको क्वाटरमा २३ बर्ष अघिदेखि बसोबास गर्दै आएका मजदुरहरुले मिलको रेखदेख गर्दै आएका कृष्ण थापालाई नालाको हिलो छ्यापेर दुर्व्यवहार गरेका  छन्  । 
२३ वर्षदेखि क्वाटरमा तलव नै नपाई बस्दै आएका मजदुरलाई हटाउन खोजेको भन्दै आक्रोशित मजदुरहरुले  थापामाथि दुल्व्यबहार गरेका  हुन् ।
 श्रीबंशीधर ईष्ट्रिज युनिट गणपति कटन मिल बन्द हुनु अगाडिदेखि नै मिलको क्वाटरमा मजदुरहरु बस्दै आएका थिए । 
अहिले मिल बन्द भएको करिब २३ बर्ष जति भईसक्यो । मजदुरहरुले तलब नै नपाई मिलको क्वाटरम रेखदेख गर्दै आएका छन् । बन्द भएको मिलको जग्गा अहिले गायत्री डेभ्लोपरर्स कम्पनीले किनेको छ । गायत्री डेभ्लोपरर्स कम्पनीका केही प्रतिनिधी र उद्योगको रेखदेख गर्ने थापाको नेतृत्वमा शनिबार विहान आएको टोलीले मजदुरहरु बस्दै आएको जग्गा नाप्न थालेपछि क्वाटरमा बस्दै आएका मजदुरले थापालाई दलाली भन्दै नालाको कालो हिलो अनुहारमा छ्यापिदिएका हुन् । 
श्रीबंशीधर ईष्ट्रिज युनिट गणपति कटन मिल संघर्ष समितीलाई कुनै जानकारी नदिई शनिबार विहान एक्कासी क्वाटरमा प्रवेश गरेपछि आक्रोशित मजदुरले जग्गा नाप्न आएको टोली माथी नै जाई लागेका थिए । गायत्री डेभ्लोपरर्सले क्वाटरको कम्पाउण्ड खाली गर्न भनेर यस अघि नै ३५ दिने सूचना जारी गरेको थियो । विना तलव मिलको क्वाटरमा बस्दै आएको र अहिले अचानक हटाउन लाग्दा विचल्लीमा पर्ने भएकाले आफूहरुलाई उचित क्षतिपुर्ती दिनुपर्ने भन्दै मजदुरहरु आन्दोलनमा छन् । 
नेपालकै पुरानो टेक्सटायल उद्योग गणपति कटन उद्योग बन्द भएपछि धेरैको बिल्लीवाठ भएको छ । कतिपयले पाउनु पर्ने पारिश्रमिक भुक्तानी नपाउँदै ज्यान गुमाएका छन् भने कतिपयको दिनचर्या कष्टकर बन्दै गएको छ । करिब दुई सयको हाराहारीमा रहेका मजदुर तथा कर्मचारीले २३ वर्षदेखि अझै तलव पाउन सकेका छैनन् । 
जग्गा लिएको कम्पनीले कतिपयलाई तलव दिएको छ भने क्वाटरमा बस्ने अधिकासले पैसा लिन मानिरहेका छैनन् । मजदुरहरु पैसाको सट्टा आफूहरुलाई उचित बसोबास गर्ने आवासगृहको माग गरिहेका छन् । अहिले क्वाटर लगायत मिलको कम्पनीको खाली जमिनमा ६२ घर परिवार बसोबास गर्दै आएका छन् । करिब १ विगा ६ कठ्ठा २ धुर जमिन रहेको स्थानमा अहिले पुराना ढल्न लागेको क्वाटर छन् भने आधा दर्जनले त्यही क्वाटरको खाली जमिनमा घर बनाएर बसेका छन् । मिलको क्वाटर बाहिर पनि पक्का घर बनाईएको छ भने कतिपय त्यही जमिनलाई प्रयोग गर्दै आएका छन् । 
नातामा पूर्ब राजा ज्ञानेन्द्रका मामा पर्ने सुशील समशेर जवराले भारतीय नागरिकसँगको सहकार्यमा संचालन गर्दै आएको मिल २०५२ सालमा बन्द भएको थियो । बैंकको ऋण तिर्न नसकेर २०५२ सालमा ओरालो लागेको उद्योगले कर्मचारीको समेत तलव दिन सकेको थिएन । 

२ दिन अगाडी वडा कार्यालयमा भएको छलफल पछि नाप्न दिने बारेमा क्वाटरमा बसेका मजदुरहरु सहमत भएका थिए । सबैतिर जग्गा नाप्दै आउने क्रममा उनीहरुलाई बुझाई सकिएको तर बाहिरका ब्यक्तिबाट दुर्व्यवहार  भएको केसीले सुनाए । 


 

salt training

कमेन्ट गर्नुहोस्