२३ जेठ २०८३, शनिबार

पार्टीमा कमल थापाका अधिकार कटौती

जेठ ५, २०७५
पार्टीमा कमल थापाका अधिकार कटौती

काठमाडौँ, ५ जेठ -राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्षका अधिकारलाई कटौती गर्ने भएको छ । 

यही जेठ ७ देखि ९ गतेसम्म वीरगञ्जमा हुने केन्द्रीय परिषद्को बैठकले पार्टीको विधानमा हाल कायम रहेको अध्यक्षको धेरै अधिकारलाई कटौती गरी लोकतान्त्रिक बनाउन लागेको छ । 

पार्टीका प्रवक्ता भुवन पाठकका अनुसार पदाधिकारीको शतप्रतिशत अध्यक्षले मनोनीत गर्ने व्यवस्थालाई कटौती गरेर अब ५० प्रतिशत निर्वाचनबाट आउने व्यवस्था गरिएको छ । त्यसैगरी पार्टीको ४० प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकारलाई २५ प्रतिशतमा झारिएको छ । 

पदाधिकारीमा सहायक महामन्त्री र सहायक प्रवक्ता पदको खारेज गर्न लागिएको छ । पार्टीका वडा समिति, नगर समिति, महानगर समिति, क्षेत्रीय समिति र जिल्ला समितिका प्रत्येक इकाइमा समेत ५० प्रतिशत सदस्य निर्वाचनबाट आउनुपर्ने व्यवस्थालाई नयाँ विधानमा प्रस्ताव गरिएको छ । 

बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्ने  राजनीतिक कार्यपत्र, महामन्त्री राजेन्द्र लिङ्देनले प्रस्तुत गर्नुहुने संगठनात्मक सुदृढीकरण कार्ययोजना, प्रवक्ता पाठकले प्रस्तुत गर्ने  प्रशिक्षणसम्बन्धी कार्ययोजना, केन्द्रीय सदस्य गोविन्द खनियाँले प्रस्तुत गर्ने विधान संशोधनसम्बन्धी प्रस्ताव र केन्द्रीय सदस्य डा विष्णु भण्डारीले निर्वाचन समीक्षा प्रतिवेदन प्रस्तुत गर्नेछन्  । 

करीब ५०० प्रतिनिधि सहभागी हुने उक्त बैठकले पूर्व पञ्च परिवेशका राजनीतिक दल तथा नेतालाई एकताका लागि आवश्यक रणनीति तयार गर्ने छ । महाधिवेशनपछिको ठूलो बैठकका रुपमा परिषद् भेलालाई मानिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्