
काठमाडौं, ६ जेठ– क्युबामा दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटिएको छ । विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेका क्युबाका अधिकारीहरूले विमानको ब्ल्याक बक्स फेला परेको बताएका हुन् ।
राजधानी हवाना नजिकै भएको उक्त दुर्घटनामा एक सयभन्दा बढीको मृत्यु भएको थियो भने तीनजना यात्रु मात्रै बाँच्न सफल भएका थिए ।
सरकारी टेलिभिजनमा कुरा गर्दै क्युबाका यातायातमन्त्रीले फ्लाइट डेटा रेकर्डर फेला पर्नु दुर्घटनाग्रस्त विमानको अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि भएको बताए ।
यसैबीच उक्त प्रायद्वीपले दुई दिने राष्ट्रिय शोक मनाइरहेको छ ।