३१ जेठ २०८३, आइतबार

नेकपाका तल्ला कमिटी एक अध्यक्षात्मक

जेठ ६, २०७५
नेकपाका तल्ला कमिटी एक अध्यक्षात्मक

काठमाडौं, ६ जेठ – तीन महिनाभित्र एकीकरण गरिसक्ने लक्ष्य राखेको नेपाल कम्युनिस्ट पार्टीका तल्ला तहका कमिटी एक अध्यक्षात्मक रहने भएका छन् ।

माउ पार्टी दुई अध्यक्षात्मक भएकाले जनवर्गीय संगठनसहित प्रदेश, जिल्ला, स्थानीय तहका सबै कमिटी एक अध्यक्षात्मक राखिने तयारी गरिएको छ ।

एकीकरणका लागि केन्द्रीय कार्यदलले मापदण्ड तयार पार्न थालेको छ ।  कार्यदलले तल्लो तहको कमिटीका साथै भ्रातृ संगठनहरूलाई एकीकृत महाधिवेशन र अधिवेशन गराउनेछ । महासचिव विष्णु पौडेलले तल्लो तहका कमिटीहरूका साथै भ्रातृ संगठनहरूको एकीकरण तीन महिनाभित्रमा गरेर महाधिवेशन/अधिवेशन गराउने बताए । राजधानी दैनिकमा खबर छ |

salt training

कमेन्ट गर्नुहोस्