
चितवन, ७ जेठ- एसिया प्यासिफिक कलेज अफ हस्पिटालिटी एण्ड कुलिनरी आर्टसले बेलायती संस्थाबाट मान्यता प्राप्त होटल म्यानेजमेन्ट र कुलिनरी आर्ट्स कोर्स शुरु गरेको छ । बेलायतको सिटी गिल्ड्स इन्स्टिच्युटबाट सम्बन्धन प्राप्त डिप्लोमा इन होटेल म्यानेजमेन्ट तथा कुलिनरी आर्टस कोर्स सञ्चालन शुरु भएकाे हाे ।
याे काेर्स चितवनमै पहिलोपटक शुरु भएकाे हाे । चितवनको भरतपुरमा अवस्थित एसिया प्यासिफिक कलेजमा सिटी गिल्ड्स इन्स्टिच्युटबाट सम्बन्धन प्राप्त गरी छोटो अवधिका तालिम कार्यक्रम सञ्चालन गरिएको छ ।
२०१३ देखि सञ्चालित यो कलेजले नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा हस्पिटालिटी क्षेत्रको जनशक्तिको माग उच्च रहेकोले त्यसको परिपूर्तिको लागि अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त कोर्स सञ्चालन गरेको सञ्चालकहरु बताउँछन् ।
नेपालको सीटीईभीटी र बेलायती इन्स्टिच्युटबाट सम्बन्धन प्राप्त कोर्सले हस्पिटालिटी क्षेत्रमा राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारमा रोजगारीको अवसर सजिलै पाइने कलेजको भनाइ छ । बेलायतको सिटी गिल्ड्स इन्स्टिच्युटबाट सम्बन्धन लिई विश्वका १८० राष्ट्रहरुमा हस्पिटालिटी कोर्सहरु सञ्चालन भइरहेका छन् ।
टाढाबाट आउने विद्यार्थीलाई होस्टेलको समेत व्यवस्था गरिएको कलेजले जनाएको छ । यसअघि राजधानीमा मात्रै सञ्चालित अन्तर्राष्ट्रिय स्तरबाट सम्बन्धन प्राप्त कोर्सहरु एसिया प्यासिफिक कलेजले चितवनमा शरु गरेको हो ।
हस्पिटालिटी म्यानेजमेन्टको क्षेत्रमा करिअर बनाउन चाहनेहरुको लागि राजधानीबाहिर गुणस्तरीय तालिम प्रदान गर्ने उदेश्यका साथ कलेजको स्थापना गरेको सञ्चालकहरु बताउँछन् ।
युवा उद्यमीहरुको सक्रियतामा स्थापित सो कलेजले सर्टिफिकेट इन बेकरी एण्ड पेस्त्री, बरिश्ता सर्टिफिकेट इन फास्ट फुड, बेकरी, हाउस किपिंग, बार म्यानेजमेन्ट लगायतका कोर्सहरु सञ्चालन गरिरहेको छ ।