२२ जेठ २०८३, शुक्रबार

भारत : सरकारी पसलबाट किनेको रक्सी सेवनबाट १२ जनाको मृत्यु

भारत : सरकारी पसलबाट किनेको रक्सी सेवनबाट १२ जनाको मृत्यु

काठमाडौं, ७ जेठ– भारतमा सरकारी पसलमा किनेको रक्सी पिएका १२ जनाको मृत्यु भएको छ । कानपुरस्थित सरकारी पसलमा किनेको विषालु रक्सीका कारण उनीहरुको मृत्यु भएको हो ।

शनिबार ६ जनाको कानपुर नगरको सचेन्डी क्षेत्रमा मृत्यु भएको थियो भने आइतबार कानपुरको ग्रामीण क्षेत्र रुरामा ६ जनाको मृत्यु भएको हो । विषालु रक्सीका कारण अरु धेरै मानिस बिरामी भएका छन् र उनीहरुको कानपुरमा रहेको हेलट अस्पतालमा उपचार भइरहेको छ । 

सरकारले चार जनालाई पक्राउ गरेको छ । सरकारले ज्यान गुमाउनेका परिवारलाई दुई लाख भारु तथा बिरामीलाई ५० हजार भारु दिने घोषणा गरेको छ ।

सुरक्षित मानिएको रक्सीमा घरेलु विषालु रक्सी मिसाएर बेचेका कारण यो घटना भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्