२२ जेठ २०८३, शुक्रबार

सल्यानमा एम्बुलेन्स दुर्घटना : एकको मृत्यु, ४ घाइते

सल्यानमा एम्बुलेन्स दुर्घटना : एकको मृत्यु, ४ घाइते

सल्यान, ७ जेठ– सल्यानमा गएराति भएको एम्बुलेन्स दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गर्भवती महिलालाई लिएर हिडेको एम्बुलेन्स राति १ बजे दुर्घटनामा परेको हो ।

गर्भवती महिलालाई चिलढालेबाट थारमारे ल्याउने क्रममा रा १ झ १३७ नम्बरको एम्बुलेन्स आग्रीखोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बागचौर नगरपालीका–२ चिलढाले  आग्रीखोलामा भएको दुर्घटनामा अन्य ४ जना घाईते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा बागचौर नगरपालीका–२ चिलढालेकी ४४ बर्षीया जानकी बुढाथोकी रहेकी छन् । घाईतेमा गर्भवती महिला १९ बर्षीया कल्पना चलाउने, ४६ बर्षीया केवल बुढाथोकी, ३५ बर्षीया डम्बरी बुढाथोकी र ४० बर्षीया राम बहादुर बुढाथोकी रहेका छन् । 

घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्