०६ असार २०८३, शनिबार

राप्रपा केन्द्रीय परिषद् बैठक वीरगञ्जमा आजबाट शुरु

राप्रपा केन्द्रीय परिषद् बैठक वीरगञ्जमा आजबाट शुरु

वीरगञ्ज-राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय परिषद बैठक आजबाट बिरगंजमा शुरु हुदैछ ।

आज जेठ ७ गतेबाट तीन दिनसम्म चल्ने केन्द्रिय परिषद बैठकको सम्पुर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजिब पराजुलिले जानकारी दिए ।

पराजुलीका अनुसार बैठकमा विभिन्न ५ प्रतिबेदनहरु पेश हुनेछन् ।

पार्टी अध्यक्ष कमल थापाले राजनितीक कार्यपत्र,महामन्त्री राजेन्द्र लिङ्देनले संगठन सम्बन्धि प्रतिबेदन ,प्रबक्ता भुबन पाठकले प्रशिक्षण सम्बन्धी कार्ययोजना,केन्द्रिय सदस्य डा.बिष्णु भन्डारीले निर्वाचन समिक्षा सम्बन्धी प्रतिबेदन र गोबिन्द खँनियाले बिधान संशोधन सम्बन्धमा तयार गरिएको बिधान मस्यौदा प्रस्तुत गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । दे

शभरबाट प्रतिनिधिहरु बिरगंज आईसकेको र करिब ६ सय ५० प्रतिनिधिहरुको सहभागीता रहने पार्टीका सचिवालय हेर्ने नेता भास्कर भद्राले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्