३१ जेठ २०८३, आइतबार

थाइल्यान्डमा अनेकौं ठाउँमा विस्फोट, कैयौं घाइते

थाइल्यान्डमा अनेकौं ठाउँमा विस्फोट, कैयौं घाइते

काठमाडौं, ७ जेठ – थाइल्यान्डका चार दक्षिणी प्रान्तहरूमा आइतवार भएका बम विस्फोटमा कम्तीमा तीनजना घाइते भएका छन् । सेनाले बताएअनुसार, याला, पट्टानी, नराथीवात र सोंगब्ला प्रान्तमा कम्तीमा १४ ठाउँमा विस्फोट भएका थिए । 

यी विस्फोट एटीएम मशिन र बैंकका शाखाहरूनजिक राखिएका थिए । 

अहिलेसम्म कुनै पनि व्यक्तिवा संगठनले विस्फोटको जिम्मेवारी लिएको छैन । क्षेत्रीय सुरक्षा प्रवक्ता कर्नल प्रामोते प्रोम इनले रमजानका बेलामा हरेक वर्ष हिंसा हुने गरेको बताए । रमजानको पवित्र महिना अघिल्लो हप्ताबाट शुरु भएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्