३१ जेठ २०८३, आइतबार

ट्रम्पले म्युलर अनुसन्धान अन्त्य गर्ने माग राखे

ट्रम्पले म्युलर अनुसन्धान अन्त्य गर्ने माग राखे

काठमाडौं, ७ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोपमा अनुसन्धान गरिरहेका रोबर्ट म्युलरले काम सक्नुपर्ने बताएका छन् ।

समस्या दिलाउने संसारको सबभन्दा महंगो अभियान नाम दिँदै ट्रम्पले म्युलरको अनुसन्धानमा न्यायमा बाधा पु–याइएको कुनै प्रमाण नभेटिएपछि संसारमा भएका अन्य सनसनीपूर्ण खुलासातर्फ अनुसन्धान मोडिएको बताएका छन् । 

इरानको साउदी अरब र संयुक्त अरब अमिरातको प्रतिनिधित्व गर्ने जर्ज नादरले सन् २०१६ मा राष्ट्रपतिका जेठा छोरा डोनल्ड ट्रम्पलाई भेटेको भनी द न्युयोर्क टाइम्समा छापिएको खबरको प्रतिक्रिया दिँदै यसो भनेका हुन् ।

पत्रिकाका अनुसार, नादरले ट्रम्प जुनियरलाई साउदी र यूएईका राजकुमारहरू उनको पिताको सहायताका लागि इच्छुक भएको बताएका थिए । ट्रम्पले ट्वीट गर्दै म्युलरको अनुसन्धानले रुस र मेरो बारेमा केही पत्ता नलगाएपछि अब
अर्को संसारतिर अनुसन्धान मोडिएको बताए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्