२८ जेठ २०८३, बिहीबार

बोतलमा चामल हालेर पठाइन्छ उत्तर कोरिया !

बोतलमा चामल हालेर पठाइन्छ उत्तर कोरिया !

काठमाडौं, ७ जेठ – अभियन्ताहरू टापुमा एउटा सानो ट्रक र कार चढेर आउँदा कच्ची बाटोमा निर्माण सामग्री तेर्सिएको थियो । 

त्यसपछि सबै मानिस उत्रिए अनि सामानहरू झारेर भारी बोरा बोक्दै एक किलोमिटर पर रहेको स्थानसम्म हिँडे । 

जियोङ ग्वाङ–इल र उनका सहअभियन्ताहरू उत्तर कोरियाको नजिक पुग्ने भनेको यहाँसम्म मात्रै हो । महिनाको दुईचोटि उनीहरू यो तटमा उपहार लिएर आउँछन् उत्तर कोरियाका गरीबहरूका लागि । 

यो सानो समूह समुद्र शान्त हुन्जेल कुर्छ । उनीहरू प्रार्थनामा हात जोड्छन् अनि समुद्रमा सयौं प्लास्टिक बोतल फाल्न थाल्छन् । 

दुई लिटर क्षमताको प्रत्येक बोतलमा चामल र एक डलर राखिएको हुन्छ । यति कमाउन पनि उत्तरमा ४० दिन लाग्छ, अभियन्ताहरू भन्छन् । 

यो चामलले देशको ४१ प्रतिशत जनसंख्याको पेट भर्ने उनीहरूको आशा छ । त्यति संख्याका मानिस कुपोषणग्रस्त रहेको संयुक्त राष्ट्रसंघको अनुमान छ । 

बोतलमा कीरा मार्ने औषधि पनि छन् । चिकित्सकहरूले गत वर्ष असैन्यीकृत क्षेत्रबाट भागेर दक्षिण कोरिया आएका एक सैनिकको पेटमा कीरा भेटेका थिए । 

बोतलमा एउटा पेनड्राइभ पनि छ जसमा बाहिरी संसारको सूचना दिने भिडियोहरू पनि राखिएको छ ।  उक्त देशले प्रतिबन्ध लगाएको सूचना त्यसमा छ र यो ‘उत्तर कोरियाली जनतालाई जगाउनका लागि’ बनाइएको जियोङ बताउँछन्
। 

बोतलको अन्तिम कुरा चाहिँ एउटा टिपोट हो जसमा लेखिएको छ, ‘भगवानले तिमीलाई माया गर्छन् ।’

बोतलहरूको समूहलाई छालले घचेडेर उत्तर कोरियातर्फ लग्दै गर्दा जियोङका साथी किम योङ–ह्वाले प्योङयाङ नेतृत्वप्रति कठोर शब्द प्रयोग गर्छन् । उनी उत्तर कोरियाका भूतपूर्व प्रहरी अधिकारी हुन् । 

‘चामलका यी प्रत्येक बोतलहरू किम तानाशाहका तीन पुस्ताविरुद्धका गोली हुन्,’ उनी भन्छन् ।

धार्मिक तथा गैरधार्मिक अभियन्ताहरूले वर्षौंसम्म उत्तर कोरियामा अनौपचारिक रूपमा खाना तथा सूचना पैठारी गर्ने गरेका छन् ।

सीएनएनबाट
 

salt training

कमेन्ट गर्नुहोस्