
रियालिटी शो विग बोसमा सलमान खानले दर्शकलाई निकै रमाइलो गराएका थिए ।
यो शो सकिएसँगै दर्शक उनलाई सानो पर्दामा हेर्न कुरिरहेका छन् ।
सलमान पनि सानो पर्दाको आगमनका लागि पूरै तयारी गरिरहेका छन् ।
हामी उनको आगामी कार्यक्रम दसका दम सीजन तीनको बारेमा कुरा गरिरहेका छौं ।
सलमान दसका दम सीजन तीनका साथ चाडै टीवीमा आउँदै छन् ।
उनी पछिल्ला दिन शो को प्रमोशनको लागि व्यस्त बनेका छन् ।
हालसालै कार्यक्रमको एक प्रोमो रिलिज भएको छ । टीभीका साथ सामाजिक सञ्जालमा पनि यसलाई मनपराइ रहेका छन् । यस प्रोमोमा सलमानले सर्वसाधारणलाई आफूसँग खेल खेल्नका लागि बोलाइरहेका छन् ।
दसका दम ४ जुनदेखि टीभीमा प्रसारण हुनेछ ।