०८ असार २०८३, सोमबार

ओली सरकारको महत्त्वाकांक्षी लक्ष्य –पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर

ओली सरकारको महत्त्वाकांक्षी लक्ष्य –पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर

काठमाडौं, ७ जेठ– सरकारले नेपालीको प्रतिव्यक्ति आय पाँच वर्षमा दोब्बर बनाउने लक्ष्य राखेको छ ।

सोमबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पाँच वर्षभित्र प्रति व्यक्ति आय दोव्वर बनाउने उल्लेख गरिएको छ । 

आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंक नजिक पुर्याइने नीति तथा कार्यक्रममा उल्लखे गरिएको छ । 

पाँच वर्ष भित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा देशलाई मध्यम स्तरको आय भएको देश बनाइने र आयमा देखिएको असामनता कम गर्दै लगिने उल्लेख गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्