
काठमाडौं, ७ जेठ - सरकारले कृषकलाई माटोशास्त्र प्रमाणपत्र उपलब्ध गराउने भएको छ ।
सोमबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा हरेक कृषकलाई 'माटोशास्त्र' प्रमाणपत्र उपलब्ध गराउने विषय उल्लेख गरिएको छ ।
नेपाललाई आगामी पाँच वर्षभित्र अर्ग्यानिक मुलुक बनाइने भन्दै अर्ग्यानिक कृषि खेतीमा जोड दिने नीति ल्याएको विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
कृषकहरूलाई कृषिका प्राविधिक पक्षहरूको बारेमा जानकारी गराउनका लागि स्थानीय तहमा कृषि ज्ञान केन्द्रको स्थापना गर्ने लक्ष्य सरकारले लिएको छ ।