०६ साउन २०८३, बुधबार

संसदको वेलमा ओली र देउवाको जम्काभेट

संसदको वेलमा ओली र देउवाको जम्काभेट

काठमाडौं, ९ जेठ– प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच प्रतिनिधि सभाको वेलमा जम्काभेट भएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेर रोष्टमबाट फर्किदै गरेका ओली र संसदको रोष्टममा जाँदै गरेका देउवाबीच सभामुखको कार्यकक्ष अगाडिको वेलमा जम्काभेट भएको हो । 

त्यसक्रममा ओली र देउवाले हात मलिाएर केहीबेर भलाकुसारी गरेका थिए । ओलीले केही शव्द बोलेपछि देउवा रोष्टम तर्फ अगाडि बढे ।

ओली र देउवाले हात मलिाउँदा सांसदहरु हासेका थिए । देउवा र ओलीबीच बेलाबखतमा घोचपेच चलिरहन्छ । संसदमा सम्वोधनका क्रममा देउवाले सरकारका नीति तथा कार्यक्रमको आलोचना गरेका थिए । 

संसदको बैठकमा सरकारका नीति तथा कार्यक्रममाथिको छलफल चलिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार बसेको संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्