
पेरिस (फ्रान्स), ९ जेठ - फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी तथा मगर समाज फ्रान्सका सदस्य रुद्र बहादुर पुनको पेरिसस्थित अस्पतालमा उपचारकै क्रममा अल्पायुमा निधन भएको छ ।
अट्ठाईस बर्ष उमेरका रुद्र पेरिसको एक मेट्रो (रेल) भित्र हृदयाघात भई अस्पतालमा केहि दिनदेखि उपचार गर्दै थिए ।
उनलाई भेट्न साथीभाइहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र समाजसेवीहरु गएका थिए । चिकित्सकहरूको कठोर प्रयासको बाबजुद पनि सन मंगलवार बिहान ११:३० मा दुखद निधन भएको थियो ।
फ्रान्सस्थित सबै नेपाली संघसंस्थाहरुको आकस्मिक संयुक्त बैठकमार्फत सबै संस्था एकजुट भएर यस दुखद घडीमा उहाको परिवार संग परामर्श गर्दै सहयोग गर्ने निर्णय गरेका छन्।