२६ असार २०८३, शुक्रबार

छ वर्षीय छोरालाई हिरो बनाएर बन्ने भयो फिल्म

छ वर्षीय छोरालाई हिरो बनाएर बन्ने भयो फिल्म

काठमाडौं – निर्माता सन्तोष सेनले ६ वर्षीया बालक आयूब सेनलाई हिरोको रुपमा अगाडि सार्दै नयाँ चलचित्रको काम थालेका हुन् । आयुव उनकै छोरा हुन् । 

बाल मनोबिज्ञानमा आधारित रहेर आफूले नयाँ चलचित्र बनाउन लागेको निर्माता सेनले बताए । ‘

चलचित्रले आमा र बच्चा बिचको कथा उठाउन खोजेको छ’ निर्माता सेनले भने ‘पारिवारिक प्रेमकथा पनि यसमा बुनिनेछ ।’ चलचित्र अभिनयका लागि आयुवले काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा केही महिना देखि अभिनय प्रशिक्षण लिइरहेका छन् ।

केही दिन पहिले चलचित्रमा रहने गीत समेत फाइनल गरिएको निर्माता सेनले खुलाए । अयुवको अलवा को को कलाकार चलचित्रमा रहने र नाम के हुने भन्ने बिषयमा अहिले गोप्य राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्