२७ असार २०८३, शनिबार

टर्ला त ट्रम्प–किम भेटवार्ता ?

टर्ला त ट्रम्प–किम भेटवार्ता ?

काठमाडौं, ९ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरिया आणविक निःशस्त्रीकरणको सम्झौतामा गम्भीर रहेको विश्वास दिलाएका छन् । तर १२ जुनमा सिंगापुरमा प्रस्तावित गरिएको ऐतिहासिक बैठक टर्ने प्रबल सम्भावना रहेको पनि उनले माने । 

ट्रम्पले मंगलवार दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनको स्वागत गरेपछि ह्वाइट हाउसबाहिर संवाददाताहरूलाई भने, ‘हामीहरू सँगसँगै अघि बढिरहेका छौं । के हुन्छ, हेरौं । जुन १२ मा काम नहुन पनि सक्छ ।’

उत्तर कोरियाले अघिल्लो हप्ता दक्षिण कोरियासँग हुने कुराकानी रद्द गरिदिएको थियो । खासमा उसले दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासका कारण रिसाएपछि यस्तो निर्णय लिएको थियो । उत्तर कोरियाले
अमेरिकाबाट आणविक हतियारका सम्बन्धमा एकतर्फी दबाब आएमा कुराकानी रद्द पनि गर्न सक्ने धम्की दिएको थियो ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्