०५ साउन २०८३, मंगलबार

टिपरले स्कुटरलाई ठक्कर दिँदा भक्तपुरमा ३ जनाको मृत्यु

accident
टिपरले स्कुटरलाई ठक्कर दिँदा भक्तपुरमा ३ जनाको मृत्यु

भक्तपुर, ९ जेठ -काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट आज तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । 

बा३ख ६६७४ नंको टिपरले बा५६प १२२७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा दोलखा मेलुङ–६ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, करीब ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरेको मृत्यु भएको हो ।

तीन जनाकै शव भक्तपुर अस्पतालमा राखिएको तथा ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिइएको छ । टिपरका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्