२७ असार २०८३, शनिबार

यी हुन् ओली सरकारका सबैभन्दा धनी 'अर्बपति' मन्त्री [सम्पत्तिको पूरा विवरणसहित]

यी हुन् ओली सरकारका सबैभन्दा धनी 'अर्बपति' मन्त्री [सम्पत्तिको पूरा विवरणसहित]

काठमाडौं,  ९ जेठ - वर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ अथाह सम्पत्तिको मालिक रहेको देखिएको छ ।

महासेठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा श्रीमती जुली महतोको नाममा ललितपुर- २५ मा ५८ सय वर्गफिटमा फैलिएको साढे दुई तले घर रहेको उल्लेख गरेका छन् । यस्तै धनुषामा ४२ सय वर्गफिटमा फैलिएको साढे २ तले र धनुषाकै मिथिला बिहारी नगरपालिकामा पैत्रिक घर रहेको उल्लेख छ ।

यस्तै ललितपुर महानगरपालिकाभित्र दुई कित्ता गरी ४ रोपनी ४ आना जग्गाभन्दा बढी जग्गा श्रीमतीकै नाममा रहेको उल्लेख छ । श्रीमतीकै नाममा धनुषामा ८ विघा ५ कट्ठा, आफ्नै नाममा १ विघा १५ कठ्ठा जग्गा रहेको मन्त्री महासेठले उल्लेख गरेका छन् ।

महासेठसँग सुन ५२ तोला छ । जसमध्ये २५ तोला दाइजोमा प्राप्त भएको उनको दाबी छ । यस्तै उनीसँग डेढ किलो चाँदी पनि छ ।

आफूसँग ४० करोड रुपैयाँ बराबरको शेयर रहेको उनले उल्लेख गरेका छन् ।

महासेठको सम्पूर्ण चल/अचल सम्पति हेर्दा त्यसको मूल्याङ्कन अर्बमा हुन आउँछ ।

सगोलमा १४६ विघा जग्गा रहेको उल्लेख गरेका महासेठले २३ करोड रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् ।

हेर्नुहोस्, उनको सम्पत्तिको पूरा विवरण :

salt training

कमेन्ट गर्नुहोस्