०९ असार २०८३, मंगलबार

आईपीएलको एलिमिनेटर गेम बर्खाले रद्द भएमा कुन टीमलाई फाइदा ?

आईपीएलको एलिमिनेटर गेम बर्खाले रद्द भएमा कुन टीमलाई फाइदा ?

काठमाडौं, ९ जेठ – इन्डियन प्रिमियर लीग (आईपीएल) को एलिमिनेटर खेल बुधवार कोलकाताको इडन गार्डन मैदानमा हुँदैछ । 

आफ्नो गृहमैदानमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । यो एलिमिनेटर म्याच जित्ने टोलीले क्वालिफायर–२ मा क्वालिफायर–१ मा हारेको टीम सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्नेछ । त्यो खेल जित्ने टोली फाइनलमा चेन्नई सुपर किंग्ससँग भिड्नेछ । 

मौसम विभागले कोलकातामा बर्खा हुने सम्भावना रहेको बताएको छ । 

बर्खाका कारण म्याच रद्द भएमा बीसीसीआईले रिजर्भ डे राखेको छैन । रद्द भएपछि क्वालिफायर–२ मा खेल्ने टोलीको निर्णय अंकतालिकाका आधारमा हुनेछ । त्यसो भयो भने कोलकाता नाइट राइडर्सलाई फाइदा हुन्छ किनकि ऊ
राजस्थानमा माथि तेस्रो पोजिसनमा १६ अंकका साथ रहेको थियो ।

म्याच शुरु भएर एक पारी पनि सकिएपछि पानी परेर म्याच रोकिएमा डकवर्थ लुइस प्रणालीमार्फत छिनोफानो हुनेछ । पछ्याउने टोलीले संशोधित लक्ष्य पाउनेछ । यस्तो हुँदा कोलकातामा टस जित्ने टोलीले बलिङ गर्न चाहनेछ ताकि
कति लक्ष्य चेज गर्नुपर्ने हुन्छ सजिलै थाहा पाइयोस् ।

राम्रो खबर चाहिँ कोलकातामा चर्को पानी परेर म्याच रोकियो भने पनि केही क्षणमै म्याच शुरु गर्न सकिन्छ । इडन गार्डनको मैदानबाट पानी निकाल्ने प्रक्रिया देशभरिमै उत्कृष्ट छ । पानी पर्न छोडेलगत्तै ग्राउन्ड स्टाफले मैदानलाई खेल्न
लायक बनाउन सक्छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्