०९ असार २०८३, मंगलबार

पेन्सनको लोभमा पाँच महिनाअघि मरेकी आमाको लाश लुकाए छोराले

पेन्सनको लोभमा पाँच महिनाअघि मरेकी आमाको लाश लुकाए छोराले

काठमाडौं, ९ जेठ – भारतको उत्तर प्रदेशस्थित बनारसमा एक महिलाको मृत्यु भएको पाँच महिनासम्म उनका छोराहरूले लाश छोपेर राखेको पत्ता लागेको छ । 

बनारसको कबीर नगर कोलोनीमा एक घरमा बस्ने महिलाको मृत्यु पाँच महिनाअघि भएको थियो । उनी सरकारी जागिरबाट रिटायर भएर पेन्सन लिइरहेकी थिइन् । 

आमाको मृत्युपछि छोराहरूले पैसा पाइरहने लोभमा पाँच महिनासम्म लाश लुकाएर राखेका थिए । 

घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेर लाश बरामद गरेर पोस्टमार्टमका लागि पठाएको छ । मृतक महिलाका छोराहरूलाई पक्राउ गरेर मुद्दा दर्ता गरिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्