०५ असार २०८३, शुक्रबार

सुन तस्करी प्रकरणमा वरिष्ठ अभिवक्ताको ‘असंगत’ काम

जेठ १०, २०७५
सुन तस्करी प्रकरणमा वरिष्ठ अभिवक्ताको ‘असंगत’ काम

काठमाडौं, १० जेठ– बहुचर्चित सुन तस्करी प्रकरणमा वरिष्ठ अभिवक्ता रमण श्रेष्ठले गतवर्ष महान्यायाधिवक्ताको हैसियतमा गतवर्ष सरकारी पक्षबाट मुद्दाको प्रतिरक्षा गर्दै बहस गरे । आरोपितहरुमाथि कठोर सजायको माग गरे । पछिल्लो ३३ किलो  तस्करीको सुन त्रिभुवन विमानस्थलबाटै गायब पारिएको र खोज्ने क्रममा भएका हत्यासम्बन्धी मुद्दामा भने उनी कानून व्यवसायीको हैसियतमा आरोपितको पक्षमा उभिए । आरोपितको कानूनी प्रतिरक्षा गरे । 
आजको कान्तिपुर दैनिक लेख्छ–उही प्रकृतिको प्रतिवादी समेत उही रहेको मुद्दामा कानून व्यवसायीले वादी र प्रतिवादी दुबै पक्षबाट बहस गर्न मिल्छ ?  पूर्वमहान्यायाधिवक्ता बद्रीबहादुर कार्की महान्यायाधिवक्ताले आफ्नो कार्यकालमा दर्ता भएका कुनै पनि मुद्दामा पक्षबाट हटेपछि विपक्षबाट बहस गर्नु उचित नहुने बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्