०५ असार २०८३, शुक्रबार

पहाडी जिल्लामा आजदेखि चार्टर उडान बन्द, यात्रुबाट चर्को भाडा असुलेको आरोप

पहाडी जिल्लामा आजदेखि चार्टर उडान बन्द, यात्रुबाट चर्को भाडा असुलेको आरोप

नेपालगञ्ज, १० जेठ– नेपालगन्जबाट प्रदेश ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर उडान बिहीबारदेखि बन्द हुने भएको छ । चार्टर उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि सरकारले चार्टर उडान बन्द गर्ने निर्णय गरेको हो । 

निजी विमानले चार्टर विमानका नाममा दोब्बरभन्दा बढी भाडा असुल गर्दै आएकामा अब त्यसो गर्न नपाउने भएका छन् । नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीका अनुसार आजदेखि नेपालगन्जबाट हुने सबै चार्टर उडान बन्द हुनेछन् भने समान भाडा दरसमेत कायम गरिएको छ । 

यसअघि सहुलियत उडानका नाममा हप्तामा एउटासम्म उडान गर्दै बाँकी ९० प्रतिशतभन्दा बढी चार्टर उडान हुने गरेको थियो । नयाँ भाडादर पहिलेको सहुलियत दरभन्दा अलिक महँगो र चार्टरभन्दा सस्तो पर्ने प्रमुख तिवारीले बताए ।
चार्टर बिमान बन्द गर्दा सबै यात्रुले तोकिएको समान शुल्कमा यात्रा गर्न पाउने सुनिश्चित भएको छ । हाल नेपालगंजबाट तारा, सीता, समीट र नेपाल एयरलाइन्सले पहाडी जिल्लामा विमान सेवा सञ्चालन गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्