काठमाडौं, १० जेठ– सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा आज दोस्रो दिन पनि छलफल हुँदैछ । विहान १० बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा आज पनि सांसदहरुले धारणा राख्ने क्रम जारी रहने बताइएको छ ।
राष्ट्रियसभा भने आजबाट नीति तथा कार्यक्रममाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ ।
प्रतिनिधिसभाको हिजो बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले नीति तथा कार्यक्रम मुलुकलाई सम्बृद्धितर्फ अग्रसर गराउने उत्साहजनक रहेको दावी गरेका छन् । तर, प्रतिपक्षी कांग्रेसले भने सरकारी लक्ष्य प्रशंसायोग्य भएपनि कार्यक्रम नभएको बताएको छ ।