
विराटनगर, १० जेठ- विराटनगरको हाटखोलामा रहेको दधिराम कम्प्लेक्स फन एण्ड फुड रिसाेर्टको स्विमिङ पुलमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।
मंगलवार साथिहरुसँग स्वीमिङ पुलमा गएकी खाद्य संस्थानकी कर्मचारी विराटनगर १० अमरटोलकी २५ बर्षिय दुर्गा राईको पौडिने क्रममा डुबेर ज्यान गएको हो ।
फन एण्ड फुड रिसोर्टमा मंगलवार बेलुकी स्वीमिङ खेल्न ३ जना साथिहरु गएकोमा उनी भने डुबेकी थिईन् । उनी भर्खरै लोकसेवामा नाम निकालेर बिराटनगर खाद्य संस्थानमा जागिर शुरु गरेका थिईन् । उनको शरीरलाई आजै कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार गरिँदै छ ।
मंगलवार डुबेकी राई गम्भीर घाईते भएकी थिईन तत्कालै संजिवनी अस्पताल बिराटनगरमा उपचार गराईएकोमा त्यहाँ उपचार सम्भव नहुने भएपछि त्यही अबस्थामा उनलाई हेलिकोप्टर चार्टड गरेर काठमाडौँ लग्न लागिएकोमा बुधवार मृत्यु भएको थियो । मृत्यु भएकी राईलाई होटल संचालकले मरेको भनेर समेत जानकारी दिएको थिएन । घटना ढिलो गरी सार्बजनिक भएको हो ।
सो रिसोर्टको ब्यवस्थापनको जिम्मेवारी युगल काजी राइले गर्दै आएका छन् । उनको मृत्यु हुनुमा सुरक्षासँग सम्बन्धित ब्यक्ति स्वीमिङ पुलको वरिपरी नराख्दाको परिणाम भएको बताईएको छ । यहाँको स्वीमिङ पुल असुरक्षित रहँदै आएको स्थानीयले बताउँदै आएका छन् ।