०४ साउन २०८३, सोमबार

तलब बढाउनु पर्‍यो भन्दै अर्थमन्त्रीलाई भेट्न पुगेका कर्मचारीलाई खतिवडाले यसो भनेपछि...

तलब बढाउनु पर्‍यो भन्दै अर्थमन्त्रीलाई भेट्न पुगेका कर्मचारीलाई खतिवडाले यसो भनेपछि...

काठमाडौं, १० जेठ– बजेट सार्वजनिक हुने मिति नजिकिँदै जाँदा कर्मचारीहरुले तलब बढाउन सरकारलाई दबाव दिएका छन् । 

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले अर्थमन्त्री डाक्टर युवराज खतिवडासँग भेटगर्दै कर्मचारीको तलब वृद्धिको माग गरेको हो । 

अर्थमन्त्री खतिवडालाई १८ बुँदे ज्ञापनपत्र बुझाउँदै ट्रेड युनियनले कर्मचारीको तलब भत्ता बृद्धिको माग गरेका हुन् । उनीहरुले कार्यालय सहयोगीको ३० हजार र मुख्य सचिवको तलब मासिक डेढ लाख बनाउन माग गरेका हुन् । 
अहिले कार्यालय सहयोगीको तलब २० हजार र मुख्य सचिवको मासिक ६० हजार हाराहारीमा तलब रहेको छ । 

उनीहरुले पोशाक भत्ता बृद्धिको पनि माग गरेका छन् । 

कर्मचारी ट्रेढ युनियनको मागमा आफू सकारात्मक भएपनि ढुकुटीमा पैसा अभाव भएको समस्या अर्थमन्त्री खतिवडाले राखेका थिए । 

अर्थमन्त्रीले आफूपनि पूर्व कर्मचारी भएको भन्दै कर्मचारीको समस्या आफूले बुझेको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्