१७ असार २०८३, बुधबार

विराटले घरमा यी चिज नराख्ने, बुबा बन्नुभन्दा पहिला यस्तो डर !

विराटले घरमा यी चिज नराख्ने, बुबा बन्नुभन्दा पहिला यस्तो डर !

विराट कोहली र अनुष्का शर्माको जोडी विवाहपछि पनि फ्यानहरुका बीचमा चर्चामा रहने गरेको छ । 

केही दिन पहिला बिराटले अनुष्कालाई अफ फिल्ड क्याप्टेन बताएका थिए । उनले एक अन्तर्वार्तामा अनुष्का जीवनमा प्रवेश गरेसँगै आफूमा सकारात्मक वदलाव आएको बताएका थिए । 

विराटले एक अन्तर्वार्तामा आफ्नो भविष्यको फेमेली प्लानिकको बारेमा चर्चा गरेका थिए । पिता बनेपछि केही बस्तुलाई लिएर विराट अहिले नै चिन्तित देखिए । उनले आफू कुनै समयमा बाबु बनेपछि घरबाट यी सामानहरु हटाउने बताए । 

इएसपीएनलाई दिएको एक अन्तर्वार्तामा कोहलीले अनुष्का धार्मिक स्वभावका भएको र आफूमा पनि केही परिवर्तन भएको महसूस गरेको बताएका छन् । उनले आफू पहिलाको भन्दा शान्त भएको अनुभव गरेको बताएका छन् । 
उनले आज आफूसँग भएको सवै चीज बाँकी जीवनमा नभएपनि परिवार आफूसँग रहने र उनीहरुले यसको हकदार रहेको बताए । 

विराटले आफ्नो बच्चा ठूला भएपछि कयौं चीज परिवर्तन गर्न आफूले चाहेको बताएका छन् । उनले आफ्नो बच्चा ठूलो हुँदै गर्दा घरमा आफ्नो उपलव्धिसँग जोडिएका कुनैपनि चिज नराख्ने बताएका छन् । 
आफूले अहिलेसम्म प्राप्त गरेको कुनै पनि ट्रफि त्यस सयम घरमा नरहने उनले बताए । आफ्नो जीवनको अतितका कुनै पनि चिज उनी हटाउन चाहन्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्